खबर

टुकुचाको भूमिगत स्वरूप राणाकालमै : जलाधारविज्ञ

काठमाडौं
काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोकारवालाले ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् ।

‘एक सय वर्षभन्दा अगाडिको यो संरचना अहिलेका विद्यार्थीका लागि अध्ययनको विषय बन्नेछ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘परम्परागत तरिकाबाट बज, चुनालगायत सामग्रीले जोडेर बनाइएको यस्तो संरचना जथाभाबी भत्काउनेभन्दा पनि संरक्षण जरुरी छ।’ त्यस्तै धेरै पहिला टुकुचालाई भूमिगत बनाइएका कारण यस क्षेत्रमा रहेका घरधनीहरूको पनि कुनै गल्ती नभएको उनको बुझाइ छ। ‘त्यो समयमा कुनै उद्देश्यका साथ टुकुचालाई छोपिएको थियो होला,’ उनले भने, ‘त्यसको दण्ड अहिलेका घरधनीले भोग्नु जायज हुँदैन ।’ यो अतिक्रमण नभई तत्कालीन समयमा राज्यले गरेको व्यवस्थापन भएको उपाध्यायको बुझाइ छ।  नागरिक दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button