
एजेन्सी – मड्रिड डर्वीमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो ।
वान्डा मेट्रोपोलिटानोमा रियलको जितमा रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे । घरेलु टोलीका मारियो हर्माेसोले एक गोल फर्काए ।
खेलको अन्त्यतिर एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । गोलकर्ता मारियो हर्माेसो दोहोरो पँहेलो कार्ड खादै इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मैदानबाट बाहिरिए ।
हर्माेसो परिवर्ति खेलाडीको रुपमा ७२औं मिनेटमा यान्निक कारास्कोको स्थानमा मैदान छिरेका थए । मैदान छिरेको ११ मिनेट भित्र गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने संकेत दिएपनि अन्तिम समयमा उनी नायकबाट खलनायक सावित बने ।
यस सिजनमा अपराजित रहेको रियलको यो लगातार छैटौं जित हो । शत प्रतिशत जित निकालेको रियल ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले क्याटलान क्लब बार्सिलोनालाई २ अंकले पछि पारेको छ । पराजित एट्लेटिको १० अंक जोडेर सातौं स्थानमा छ ।हाम्रो खेलकुदबाट।



