सृजनाको चौतारी

देश प्रति प्रेम

 कविता 
१, देश छ हाम्रो सुन्दर ,राम्रो
शिरमा हिमाल।।
दक्षिण तराई ,बिचमा पहाड,
क्या राम्रो नेपाल।।२।
२, पुर्ब मा मेची पश्चिम् काली,
यो देशको सिमाना।
उत्तर चिन ,दक्षिण भारत,
लाउदै छ निसाना।।२ ।
३ भेष भुषा हाम्रो ,धेरै छ राम्रो ,
धर्म र सस्कृति ।
यो देश हाम्रो ,बिस्वमै राम्रो,
सुन्दर छ प्रकृति।।२।
४, नभुलौ हामी ,नेपाली भै ,
नेपाल देशलाई।
दौरा र सुरुवाल ,शिरमा टोपी,
नभुलौ भेष लाई।।२ ।
५ हिमाल पहाड ,तराई हाम्रा ,
देशका मुटु हुन।
यिनैले गर्दा नेपालको सान ,
बिस्वा मा पुर्याउछन
६, यो देश का हामी ,देश भक्त भई,
देशलाई बचाउँ।
नेपाल रहे नेपाली रहने,
सन्देश फिजाउँ।। ।

काकडभिट्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button