
कविता
लेण्डुप जस्तो बिदेशको दास भएपछि,
बिकासनै भएन समस्य खास भएपछि।
बिक्छन नदि नाला र हुन्छ अतिक्रमण,
दलाल नेता दुष्ट छिमेकी पास भएपछि।
शान्ति र सु व्यबस्था कसोगरि आउला
भ्रष्टचारीको देश भरि नै रास भएपछि।
आवेसमा क्रान्ती समपन्न कहाँ हुनथ्यो,
स्वयम् क्रान्तिकारीनै हतास भएपछि।
मर्दा मलामी र बिहेका जन्ती भेटिएनन्,
देशका युवाको बिदेशमा बास भएपछि।
कयौं बुढा बुढी जिउँदै मर्छन देश भित्र,
छोरा छोरीको परदेशमा लाश भएपछि।

