मूल खबर

मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

काठमाडौं
सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।

गत साउनको दोस्रो साता आमा (नागरिकताअनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन् । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुगे । ‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ शुरू गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’, स्रोतले भन्यो– ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपियाँ लिएको रैछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’

नागरिकता जारी भइसकेपछि बुबा र आमा भनिएका वीरेन्द्र र सुशीलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँट गर्ने विषयमा खटपट शुरू भयो । वीरेन्द्रले सुशीलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलगअलग नै बस्ने गर्छन् । बाँडफाँट नमिलेपछि वीरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्रोतले बतायो ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडा अध्यक्ष सिकेन्द्र साह र वडा सचिव, वीरेन्द्र, सुशीला र सोनीलाई झिकाएर सो नागरिकता जफत गरेका छन् । यद्यपि, नागरिकता फाँटका प्रशासकीय अधिकृत शिशिरको ठाउँमा राजु शर्मालाई हेरफेर गर्ने बाहेक हालसम्म अन्य कसैलाई पनि कारबाही भएको छैन ।  नेपाल समाचारपत्रमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button