सृजनाको चौतारी

दशैँ

गजल

दशैँ आयो सबैका घर घर खुसी छाओस्,
कसैलाई नहोस् कत्ती डर खुसी छाओस।

शुभ कामनाछ देश प्रवाशकै नेपालीलाई,
इष्ट मित्र छरछिमेक व़र पर खुसी छाओस।

अत्याचारकै बिरोधमा न्यायको प्रतिकहो,
नेपाली भूमि को गाउँ सहर खुसी छाओस।

परदेशमा भएपनि हासौँखेलौं चाडपर्वमा,
हाम्रो एकता रहने छ अम्मर खुसी छाओस।ि

जहाँ भएपनि एकताको झण्डा मुनी रहनु,
एक ले अर्कामा रहनु निर्भर खुसी छाओस।

हातेमालो गर्नुपर्छ श्रमजिविहरू आपसमा,
थाप्नु परिआएकोमा अक्कर खुसी छाओस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button