
गजल
यो मेला पर्व पनि किन घरिघरी आउँछन,
सम्झिदा आँखामै आँशुको झरी आउँछन।
परदेशी जिवन बिरानो बस्ति पसिना झार्दै,
घर गाउँको सम्झनाहरू सदैभरी आउँछन।
मिल्दैन छुट्टि साहुको काम न गरि खाउँ के,
न्युनछ ज्याला कजाउँने मनपरी आउँछन।
जन्मेकै ठाउँमा मर्नु छैन नेपाली छोरालाई,
हजारौं हजार युवा दिनौं सरसरी आउँछन।
केहोला देशको भविश्य यही सोंच्दा खेरी,
आँखामै आँशु रातोदिन धरधरी आउँछन।


