मूल खबर

नगरमा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु

बाहुनडाँगी ः झापाको मेचीनगर—४ बाहुनडाँगीमा शनिबारदेखि बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुकालागि लालीगुरास वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु भएको छ । यसअघि नगरको वडानम्बर १३, १४, १५ तथा वडानम्बर ४ को विभिन्न टोलमा यो कक्षा सञ्चालन भईरहेको छ ।

सुरक्षित आप्रवास परियोजना सामी तेस्रो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारहरुकालागि सञ्चालन गरिने वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् । स्थानीय जागेश्वर शिवालय मन्दिर परिसरमा प्रमुख अतिथि उपप्रमुख उप्रेतीले जागृति टोल विकास संस्थाका मीनाकुमारी निरौलालाई शैक्षिक सामग्री प्रदान गदैं उद्घाटन गरिएको उनको सचिवालयले जनाएको छ ।

उपप्रमुख उप्रेतीले वित्तिय साक्षरताको महत्वका बारेमा बोल्दैं मानिसले पैसा वा उस्को आफ्नो धन दौलत र सम्पतिको सही उपयोग भएको छ भने उ सुखी भविष्यको बाटोतर्फ लाग्ने पारेकी थिइन् । रोजगारको अवसर खोज्दैं हरेक मानिस विदेशिनु उस्को बाँध्य भएको र वैदेशिक रोजागरी र विप्रेषणको प्राप्तिले घरपरिवार, समाज, तथा राष्ट्रमा नै विभिन्न प्रकारका सकरात्मक प्रभाव परिरहने उनले बताइन् ।


वित्तिय साक्षरताले पैसाकोसही उपयोग गर्न सिकाउने, आधारभूत आवश्यकता र चाहानाको फरक छुट्टयान सहयोग गर्ने, आफ्ना अल्पकालीन तथा दीर्घकालीन आवश्यकताहरुको आधारमा लक्ष्य तथा योजना बनाउन सिकाउने, प्राप्त आम्दानीलाई उत्पादनमूलक तथा आम्दानीमूलक क्षेत्रमा लगानी गर्न सिकाउने उपयुक्त वित्तिय सेवा छनोट गर्न क्षमता अभिवृद्घि गर्ने, आम्दानी बढाउँदैं लैजना उत्साहित गर्न र जोखिम पहिचान र व्यवस्थापन गर्ने उपायहरु समेत सिकाउने हुनाले वित्तिय साक्षरताको ठूलो महत्व हुने उपप्रमुख उप्रेतीको भनाई थियो ।

कार्यक्रमको अध्यक्षता गदैं मेचीनगर वडानम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हरेक मानिसले हरेक कुराको महत्व बुझ्न जरुरी रहेको बताए । मानिसले आफ्नो कमाईको आम्दानीलाई उचितरुपमा व्यवस्थापन गर्न सके आर्थिक संकटलाइ सहजै हल गर्ने सकिने उनको भनाई थियो । सामी परियोजना नेपाल सरकार र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित रहेको वडाध्यक्ष कार्कीले बताए ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी सञ्चालनमा आइरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहहरूको व्यवस्थापन तथा कार्यान्वनमा यस परियोजनाका कार्यक्रमहरू सञ्चालनमा रहेको छ । हेल्भेटास नेपालले प्रभावकारी कार्यक्रम सञ्चालनका लागि प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रुपमा काम गर्न सक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान तथा वैदेशिक रोजगारमा सम्वद्ध निकायहरुको क्षमता अभिवृद्धि मार्फत वैदेशिक रोजगारीका प्रतिफल बृद्धि गर्ने परियोजनको उद्देश्य रहेको वित्तिय साक्षरता सहजकर्ता प्रमि कट्टेलले जानकारी दिए ।

सातको १ दिन दुईघण्टा २१ हप्तासम्म सञ्चालन हुने कक्षामा सहभागीहरुलाई कट्टेलसहित मनोपरामर्श सहजकर्ता प्रतिभा राईले प्रशिक्षण दिनेछन् । वैदेशिक रोजगारीको क्रममा व्यक्ति स्वयम्ले वा परिवारका सदस्यले मनोसामाजिक समस्याहरू पहिचान गरी सोको निराकरणका लागि राईले मनोसामाजिक परामर्श उपलब्ध गराउनुहुने छ ।

वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार , वैदेशिक रोजगारबाट फर्केका कामदार तथावैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु लक्षित वर्ग हुन् ।

सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक सुचना उपलब्ध गराउने, आवश्यकता अनुसार परामर्श प्रदान गर्ने, सामी परियोजनाद्वारा सञ्चालित खाना तथा आवास सहितको निःशुल्क सीप तालिमहरूबारे जानकारी दिने, सीपको महत्व तथा आवश्यकता बारे बताउने साथै सीपका लागि सिफारिश गर्ने, वैदेशिक रोजगारीका विभिन्न चरणमा समस्यामा परेकाहरूलाई न्यायको पहुँचमा पु¥याउने, ठगी, विदेशमा अलपत्र, विदेशमा मृत्यु भएकाको शव ल्याउने, आर्थिक सहायताको लागि सहजीकरण गरिदिने तथा वित्तीय साक्षरताः विप्रेषण प्राप्त गर्ने विशेषगरी महिला सदस्यहरू लक्षित वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने परियोजनाका मुख्य कार्यहरू रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button