सृजनाको चौतारी

नरूनु बहिना

गजल

नरूनु बहिना मनाए तिहार आउन सकिन,
मनभरी अघात छदैछ प्यार आउन सकिन।

खाडी मुलुकमा मैले पसिना न झार्दै घर मा,
चल्न सकिन घरकै व्यवहार आउन सकिन।

आउने छु बैना आर्को तिहारकै पर्वको वेला,
यस्पाली साहुले गय्रो इन्कार आउन सकिन।

मनाउँला फेरी बाँचेछौँ भनी मेला र पर्वहरू,
किन्ने छु गडेरी बनाउँला घर आउन सकिन।

आफ्नो भूमी गाउँ घरको सम्झना आंखामा,
घुम्छन सधै बैना खै समाचार आउन सकिन।

साहुको ऋण बाँकी नै छ खाडीमा पस्दा को,
जिवन धान्ने यही हो आधार आउन सकिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button