मूल खबर

सहिद र बेपत्ता परिवारसँग सुखानीमा मनाए राजनले आफ्नो जन्मदिन (फोटो फिचर सहित)

खुदुनाबारी । नेकपा(माओवादी केन्द्र)मेचीनगरका अध्यक्ष राजन चिमरियाले आफ्नो जन्म दिन सहिद तथा बेपत्ता परिवारजनका साथ सुखानीमा मनाएकाछन् । आफ्नो ४९ औँ जन्मदिनका अवसरमा उनले आज मेचीनगर क्षेत्रका सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान गर्दै जन्मदिन मनाएका हुन् ।

तत्कालिन झापा विद्रोहका समयमा जिवन उत्सर्ग गरेका झापाली सहिदहरुलाई स्मरण गर्दै आफुले जन्मदिनका अवसरमा मेचीनगरमा उपलब्ध सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान गरेको उनले बताए । साथै उनीहरुलाई ईलामको चेप्टीमा रहेको हेप्पी ड्रिम्स पार्कको अवलोकन समेत गराएको चिमरियाले बताए । जन्मदिनको संक्षिप्त कार्यक्रममा चिमरियाका काका शान्तिराम चिमरिया, पुष्प गुरागाँई, राजन चिमरियाले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button