मूल खबर

‘अर्जुनदृष्टि अभियान’का साथ झापा १ मा गठबन्धनका उम्मेद्वार घरदैलोमा केन्द्रित

मेचीनगर ।‘अर्जुनदृष्टि अभियान’का साथ झापा १ मा गठबन्धनका उम्मेद्वार घरदैलोमा केन्द्रित भएकाछन् ।
निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक बाम गठबन्धनले झापा १ मा घरदैलो अभियानलाई तीब्र पार्दै लगेको छ । प्रदेश तथा संघीय उम्मेद्वारहरु यतिखेर जनताका समस्या बुझ्न र मत माग्न मतदाताको घर आँगनमा पुगिरहेका छन् ।


बिहीबार मेचीनगर—५ स्थित माङ्हिम टोल, जागरण टोल र अँधेरी टोलमा लोकतान्त्रिक बाम गठबन्धन झापा—१ का प्रतिनिधिसभा उम्मेद्वार विश्वप्रकास शर्मा र प्रदेश “क” का उम्मेद्वार गोपाल तामाङ मतदाताको समस्या सुन्न घरघरमा पुगे । मत माग्न घर तथा टोल टोलमा पुगेका शर्मा र तामाङलाई अधिकांश मतदाताले उत्साहका साथ अघि बढ्न हौसला प्रदान गरेका थिए । मतदाताहरुले शर्मा र तामाङबाट समाजले विकासको निम्ति थुप्रै अपेक्षा रहेको बताउँदै निर्वाचित भएपछि मतदाताको भावनालाई चोट नपुर्याउन सुझाव समेत दिए ।


उम्मेद्वारहरुले समेत मतको सम्मान गर्दै गठबन्धनले जिते समाज र देशमा परिवर्तनको अनुभूति हुनगरी काम गर्ने मतदातालाई विश्वास दिलाएका थिए ।
घरदैलो अभियानमा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, उपसभापति योगेन्द्र थापा, कोषाध्यक्ष भूमि पौडेल, प्रदेश “क” सभापति हरि बुढाथोकी, क्षेत्रीय सहसचिव दीपक काफ्ले, क्षेत्रीय प्रतिनिधि नारायण बस्नेत, वडा सभापति नारायण खड्का लगायत टोल वडा तथा क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button