खबर

सेनाको फास्ट ट्रयाक सम्झौतामा रोक

काठमाडौं

अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक) अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवाद सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई २६ मंसिरमा पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । सोविरुद्ध परेको रिटमा बुधबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश सुष्मालता माथेमाको इजलासले ठेक्का सम्झौता नगर्न सेनाका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले २० मंसिरमा सुनुवाइ गर्दै २६ मंसिरमा ठेक्काका सक्कल दस्ताबेज पेस गर्न आदेश दिएको थियो । सेनाले २६ मंसिरमा नै चिनियाँ फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगीअड्डामा बोलाएको थियो । सेनाको निर्णयविरुद्ध भारतीय कम्पनी एफ्कोन्स इन्फ्रास्ट्रक्चर कम्पनीका तर्फबाट ५ पुसमा सर्वोच्चमा रिट दायर भएको थियो । बुधबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले मुद्दा विचाराधीन रहेको अवस्थामा सुविधा र सन्तुलनका हिसाबले ठेक्का सम्झौता गर्नु उपयुक्त नहुने आदेश दिएको हो ।

सेनाका अनुसार आयोजना प्रमुख प्राविधिक सहायक रथी कमलविक्रम शाहद्वारा हस्ताक्षरित चलानी नम्बर १५८५३ रहेको चिठीमा चिनियाँ कम्पनीलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्न बोलाइएको थियो ।

चिनियाँ कम्पनीले १८ अर्ब ८ करोड ६ लाख २७ हजार ९ सय ७५ रुपैयाँमा फास्ट ट्र्याकको छैटौं प्याकेज निर्माण गर्ने प्रस्ताव गरेको छ । ठेक्का सम्झौताअघि सेनाले नियमअनुसार २ अर्ब ३१ करोड ७ लाख ७६ हजार ८ सय रुपैयाँ पर्फमेन्स सेक्युरिटीका लागि बैंक ग्यारेन्टी प्रस्तुत गर्न लगाएको थियो तर बुधबारको सर्वोच्चको अन्तरिक आदेशसँगै सो कार्यमा पनि रोक लागेको छ । मुद्दाको अर्को पेसी शुक्रबारलाई तोकिएको जनाइएको छ ।   राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button