
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले क्रोएसियन युवा डिफेन्डर जोस्को भार्डीओललाई अनुबन्ध गर्ने योजना बनाएको छ ।
फिफा विश्वकप कतार २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका उनलाई रियलले अनुबन्ध गर्ने योजना बुनेको हो । क्रोएसियाले विश्वकपमा तेस्रो स्थान हासिल गर्दा २० वर्षीय भार्डीओलले प्रभावशाली प्रदर्शन गरेका थिए । जर्मन क्लब आरबी लाइप्जिगका लागि खेलिरहेका सेन्टर ब्याक विश्वकपको उत्कृष्ट ११ मा पनि समेटिन सफल भएको थियो ।
क्रोएसियाका लागि प्रभावशाली प्रदर्शन गरेका भार्डीओललाई रियलसँगै युरोपका ठुला क्लबले अनुबन्ध गर्न चासो बढाइरहेको छ । यो साँचो हो कि रियलले केही समयदेखि क्रोएसियाली डिफेन्डरलाई निगरानी गरिरहेको छ । भार्डीओल बुन्डेसलिगा क्लब लाइप्जिग जानुअघि क्रोएसियन क्लब डेनामो जाग्रिवमा रहेका थिए । उनले यस विश्वकपमा सात खेल खेल्दा मोरक्कोसँग तेस्रो स्थानको खेलमा गोल गर्न सफल भएका थिए ।
लाइप्जिगले भार्डीओललाई २०२० मै अनुबन्ध गरेपनि २०२१ मा मात्रै १८ मिलियन युरोमा स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । लाइप्जिगमा ६६ खेल खेलिसकेका उनी निर्विवाद स्टार खेलाडी बनिसक्दा उनको मुल्य पनि आकासिएको छ ।
रियल म्याड्रिड आरबी लाइपजिग प्रतिभाशाली डिफेन्डरको लागि सचेत छ । रियलले सकेसम्म भार्डीओललाई गुमाउन चहादैन । तर, यसका लागि रियलले जर्मन क्लबसँगै प्रिमियर लिग क्लब चेल्सी, म्यानचेष्टर युनाइटेड र लिभरपुलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नाचो फर्नान्डेजको भविष्य अनिश्चित रहँदा रियलले आउदो समरमा उनलाई अनबन्ध गर्ने प्रयास गर्नेछ ।
रियलले अर्काे सिजनको लागि योजना बनाइसकेको छ । फर्लान्ड मेन्डी क्लबमा रहनेछन्, डेभिड अलाबा आवश्यकता अनुसार लेफ्ट ब्याकमा खेल्न सक्छन्। विश्वकपमा राइट ब्याकमा खेलेका इडर मिलिसाओ सोही पोजिसनमा खेल्न सक्नेछन् । यसको मतलब भार्डीओल रियलमा आए टोलीलाई थप विकल्प हुनेछ ।हाम्रो खेलकुदबाट ।



