मूल खबर

“दशगजा खाली गराउँदै” नेपाल —भारत संयुक्त सीमा सुरक्षा टोली

मेचीनगर । नेपालको सीमावर्ती मेचीमा नेपाल—भारतका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको संयुक्त सीमा सुरक्षा टोलीले निरिक्षण गरेको छ ।

अन्तराष्ट्रिय कानुन अनुसार दुई देशको सीमा दशगजा क्षेत्रलाई नोमेन्स लेन्ड भनिन्छ जहाँ खाली राख्ने नियम छ । उक्त क्षेत्रमा रहेका सीमा पिलर तथा दशगजा क्षेत्रको निरीक्षण भारतीय सीमा सुरक्षा बल एस।एस।बी। र नेपालको तर्फबाट सशस्त्र प्रहरी बल बिओपी सतिघट्टा झापाले निरीक्षण गरेको हो।

संयुक्त निरीक्षणमा भारतकोतर्फबाट कमाण्डर सुरेन्द्र सिंह र नेपालको तर्फबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतले गरेका थिए । टोलीले दशगजा क्षेत्रमा बसोबास तथा बाली लगाउने स्थानियसँग समन्वय गरेर उक्त क्षेत्रको व्यवस्थापन गरेको एक अधिकृतले बताए । संयुक्त टोलीले नेपाल—भारतको सीमा स्तम्भबाट दुवैतर्फ दश(दश गजा क्षेत्र खाली गराएको छ ।

झापासँग सीमा जोडिएको पश्चिम बंगाल राज्यमा करिब १ सय ४२ किलोमिटर सीमा क्षेत्र दुवै देशका सीमा सुरक्षाकर्मीको संयुक्त टोलीले समन्वय गरेर काम गर्ने भारतीय सुरक्षा अधिकारीले जानकारी गराए ।

यो समयमा सीमा क्षेत्रमा किशानले धानलगायतका नगदे बाली उठाएकोले खाली गर्न सजिलो भएको हो । बाली लगाएको समय खाली गर्दा किशानले क्षती बेर्होनु पर्ने हुन्छ । दशगजा क्षेत्रमा दुवै देशका नागरिकले बाली तथा अन्य कामका लागि समेत जग्गा प्रयोग गर्दै आएका छन् ।

संयुक्त टोलीले खाली गर्न लगाएपछि त्यहाँ स्थानियले सहयोग गरेका छन् । स्थानिय काली बहादुर रेग्मीले भने( दशगजा खाली गर्दा खासै हामीलाई समस्या छैन् । सुरक्षा हिसाबले पनि हामीलाई फाइदै छ, समयसमयमा दुवै देशका सुरक्षाकर्मीको गस्तिले गर्दा हाम्रो मात्र होइन, धनमालकोसमेत सुरक्षा भएको छ।

त्यसैगरी, अर्का स्थानिय किशान मोहन राउतले भने— यो काम हाम्रै लागि हो । उनको करिब १० कठ्ठा खेत दशगजामा पर्छ रे उनले भने—तर पनि कानुन हामी सबैका लागि हो ।

दुवै देशका सुरक्षाकर्मी सीमा दशगजा क्षेत्रमा बिहानैदेखि नै देखापर्छन्, स्थानिय सुष्मा राईले खासै ख्याल गरिनन् । सुष्माले भनिन् समय(समयमा प्रहरी आइरहन्छन् , हामीलाई नराम्रो व्यवहार गरेका छैनन् ।

बेलाबखत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेका गुनासो आउने गरेका छन् । तर,भारतीय कमाण्डार सुरेन्द्र सिंहले भने— हामी सदैव नेपाल—भारत दुवै देशका जनतालाई समान व्यवहार गर्दछौ र त्यो हाम्रो कर्तव्य पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button