खबर

काँग्रेस महामन्त्री शर्माले देशभरका कार्यकर्तालाई भने– ‘चिन्ता चिन्ता नगुर्न होस’

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभरका कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

आफूलाई देशभरका कार्यकर्ताले अब के हुन्छ भन्दै प्रश्न गरेको बताउँदै शर्माले चिन्ता नगर्न भनेका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देशभरबाट साथीहरुले सोधिरहनुभएको छ, कसरी यस्तो भयो रु अब के हुन्छ रु मैले केवल यत्ति भनेँ– डन्ट वरी ”अर्थात‘चिन्ता नगर्नुहोस’

उनले थप भनेका छन्, “भएको के हो सबैलाई थाहै छ । त्यसैले आलोचना र आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मुभमा हुनेछौँ । नयाँ बिहानी हुनेछ । तर त्यो आफैँ आउने छैन । हामी ल्याउनेछौँ । त्यसका लागि उत्साह, एकता, रुपान्तरणको दृढता राख्नोस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button