भिडियो चौतारीमूल खबर

मेचीनगर नगरपालिका कार्यालयमा आज जे देखियो,प्रमुख प्रशासकीय अधिकृतले हाजिर खाता मागे तर कसैले ल्याएन (भिडियो सहित )

मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयमा कर्मचारी र जनप्रतिनिधबीचको आन्तरिक समस्या बिस्तारै सार्वजनिक हुदै गएकोछ । एकले अर्कालाई असहयोग गरेको भन्दै केही दिन यतादेखि सार्वजनिक रुपमै आरोपका रुपमा देखिन थालेको यो विवादले निकास पाउन सकेको छैन बरु उल्टो विवाद चर्कदो रुपमा रहेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँलाई कार्यापालिकाको बैठकले अख्तियार स्थगन गरिदिएपछि विवाद अरु बढेको हो । काज विदामा रहेका चौलागाईँ आज नगर कार्यालयमा गएका थिए । उनले आफ्नो कार्यकक्षमा पुगेर त्यहाँका कर्मचारीसँग हाजिर खाता पटकपटक माग्दा समेत कसैले ल्याएन ।
जे देखियो मेचीनगर नगरकार्यालयमा


केही दिनको विदा पछि आफ्नो कार्यालयमा पुग्ेका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईँको कार्यकक्ष बाहिरको नेमप्लेट थिएन । उनले त्यहाँका कर्मचारीलाई पटकपटक हाजिर खाता ल्याउन भनेका थिए तर कसैले पनि नल्याएपछि पत्रकारहरुलाईनै साक्षिको रुपमा राखेका थिए । नगरपालिका कार्यालमा जनप्रतिनिधहरुको बाक्लो उपस्थिति रहेको थियो भने उप प्रमुख मीना पोखरेल(उप्रेती)को कार्यकक्षमा पुगेर अधिकृत चौलागाईँले केही समय वार्ता समेत गरेका थिए ।चौलागाईँलाई उप प्रमुख उप्रेतीले वातावरणलाई सहज बनाउनका लागि ५ बजे तिर फेरि एकपटक वार्ता गर्ने सहमति भएको भएपनि उनले उप प्रमुख उप्रेतीसँग आफुले हाजिर गर्न पाउनु पर्ने जिकिर गरेका थिए ।तर, उप प्रमुख उप्रेतीले कार्यपालिकाको बैठकले चौलागाईँलाई अन्यत्र सरुवा भएर जान र वातावरण सहज बनाउनका लागि निणर्य गरिसकेकाले अहिलेलाई हाजिर नगर्न भनेकी थिइन् । (प्रस्तु भिडियो सम्पादन नगरिएको जानकारी गराईन्छ 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button