कला

गायिका लामालाई एपिक संगीत सम्मान

काठमाडौँ
गायिका पूर्णिमा लामालाई ‘एपिक संगीत रत्न सम्मान’ प्रदान गरिएको छ। ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मान प्रदान गरेका हुन्।

३३,३३३ रूपैयाँ तथा सम्मान–पत्रसहित सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा अभिनेता राजेश हमाललाई ‘महानायक सम्मान’, लोकगायक चन्द्र शर्मालाई ‘लोकदोहोरी रजत युवा प्रतिभा सम्मान’, पत्रकार प्रकाश सुवेदीलाई ‘चलचित्र पत्रकार सम्मान’ तथा कलाकार सविन शाक्यलाई ‘नेवाः सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रम सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। गायिका लामाको आवाजमा ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘आगो’, ‘तिमीलाई जति माया’लगायतका दर्जनौं गीत रहेका छन्।नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button