कुमालटारी कृषि फर्ममा भएको आगोलागी । तस्बिर : अमरराज नहर्की
गोरखापत्र अनलाइन
अमरराज नहर्की
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका –५ याम्पा, कुमालटारी स्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा आगोलागी भएको हो ।
दिउँसो ३ः३० बजेदेखि आगलागी भएको आगो अझै नियन्त्रण ल्याउन कठिन भएको प्रहरी चौकी डुम्रेका प्रहरी नायव निरीक्षक विजयनाथ यादवले जानकारी दिनुभयो । पराल थुप्रो ठूलो भएको र गोठमा समेत सल्किएकाले निभाउन कठिन भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने काम भएको र गाई तथा बाख्रालाई सुरक्षित स्थानमा सारी सकिएको यादवले जानकारी दिनुभयो । २० वटा कुखुरा भने जलेर मरेको उहाँले जानकारी दिनुभयो ।
मानवीय तथा पशुको क्षति भने नभएको यादवले जानकारी दिनुभयो । ‘‘आगो करिव नियन्त्रणमा आइसकेको छ, दिउँसो आगोलागी भएकाले मानवीय क्षति हुन पाएन’’ यादवले भन्नुभयो । विद्युत सट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।



