न्युज अफ नेपाल
काठमाडौं ।
बालाजुमा सोमबार भएको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएकाहरुका चार जनालाई प्रहरीले पक्राउगरेकाे छ ।
पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।
यातायात मजदुरको आन्दोलनका क्रममा आक्रोशित भीड नयाँ बसपार्कको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाटसहित तोडफोडमा संलग्न रहेका थिए।
बुधबार पत्रकार सम्मेलन जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले हालसम्म सो घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।



