
कविता
समय आफ्नै प्रतीक्षामा छ
म प्रतिक्षारत समयको मान्छे
मलाई समयले प्यासि बनाएको छ
पर्खदै छु म समयको किनारमा
प्यास मेट्ने पानी र चञ्चल बतास
म
बोलिरहन्छु समयसँगै प्रतिपल
ऋतुसँग निस्फिक्रि खेल्छु
आफ्नै अनुभूतिमा भिजेर रमाउँछु
प्रिय समय !
मेरा रहरका लागि,तृप्तिका लागि
सन्तोष र सन्तुष्टिका लागि
तिमी मस्त रमाउन देऊ तिम्रो लयमा
म तिम्रै प्रतिक्षामा सधैं सधैं
प्रतीक्षारत हुनेछु ।
(भेटवालको फेसबुकबाट साभार)

