
मेचीनगर । संघीय संसदका उप सभामुख ईन्दिरा राना मगरले सबैको भावनालाई समेटेर अघि बढ्ने बताइन् । उप सभामुखमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएकी उनले हाम्रा समस्या समाधानका लागि हामीले राजनीतिक दल भन्दा माथि उठेर साझा धारणाका साथ लाग्न सक्नु पर्ने बताइन् । झापाको काँकरभिट्टामा पत्रकारहरुसँग आफ्नो भुमिकाका बारेमा उप सभामुख राना मगरले संसदमा आफ्नो भुमिका र जिम्मेवारी प्रति ईमानदारीका साथ लाग्ने समेत बताइन् ।



