खेलकुद

दुई खेल जिते नेपालले सोझै विश्वकप छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा बाँकी दुवै खेल जिते आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने भएकोछ । आइतबार युएईमाथि १ सय ७७ रनको जितसँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपालले सोमबार पपुवा न्युगिनी र विहीबार युएईलाई हराउँदा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।

नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमाछ । नेपाललाई सिधै विश्वकप छनोट खेल्न नामिबियालाई पछि पार्नुपर्ने हुन्छ । नेपालले दुवै खेल जितेमा नामिबियालाई पछि पार्नेछ । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।

यता युएई, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्ने पक्का भएको छ । अव नेपाल र नामिबिया मध्य चौथो स्थानमा रहने टोलीले पनि प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै जर्सी र क्यानडा गरि ६ टोली हुनेछन् ।

जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटमा कुल लिग २ का शीर्ष तीन टोली, प्लेअफ क्वालिफायरका शीर्ष दुई र सुपर लिगका पुछारका पाँच गरि १० टोली हुनेछन् ।

जिम्बावेमा हुने विश्वकप छनोटमा फाइनलमा स्थान बनाउने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button