खबर

राष्ट्रपति रामचन्द्र पौडेलले छाडे कांग्रेस

न्युज अफ नेपाल
काठमाडाैं ।

राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ।

पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ भाेलि दिउँसो १ बजे गर्ने तयारी छ। पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button