खबर

विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति, कति पुग्यो सम्पत्ति ?

न्युज अफ नेपाल
काठमाडौं ।

नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वकै १६४७औं धनी व्यक्ति बनेका छन् । चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको देखिएको हो।

६७ वर्षका उनको सम्पत्ति स्रोत विविध रहेको छ। काठमाडौंका उनका तीन सन्तान छन्। फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपति वरीयतामा परेयताकै सबैभन्दा धेरै हो। सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए। त्यतिबेला उनको सम्पत्ति १।१ अर्ब डलर थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button