कृषि र किसान

नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट

काठमाडौं। नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ ।

नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको अल सौफ सेडर सोसाइटी रहेको छ । यी दुवै संघलाई ग्रामीण अर्थतन्त्रको संरचनामा रूपान्तरण गर्ने योगदान गरेका कारण अवार्ड प्रदान गरिएको हो ।

नेपालको कृषि सहकारी केन्द्रीय संघले स्थानीय समुदायको जीवनस्तर उकास्न, दिगो कृषि खाद्य प्रणालीको प्रवद्र्धन र संरक्षण गर्न, जैविक विविधता र जलवायु संकटको प्रभावसँग लड्न सक्षम बनाउने कार्य गरेको भन्दै एफएओ अवार्ड प्रदान गरेको जनाएको छ ।  राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button