मूल खबर

सञ्चारकर्मीसहित ७ जना पुरस्कृत

विर्तामोडः झापाको विर्तामोडमा मुख्यः कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्तागरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ ।

विर्तामोडमा सम्पन्न संस्थाको १३ औँ बार्षिक मुल माइन्युट प्रमाणित सभा (साधारणसभा) मा मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती र पूर्व न्यूज डट कमका कार्यकारी सम्पादक युवराज विवशलाई पुरस्कृत तथा सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट सहकारीक्षेत्रलाई उजागर गदैं जन समुदाय समक्ष सूचना पुर्याउन खेलेको भूमिकाको उच्च कदर गर्दै उत्कृष्ट पत्रकारकारुपमा पत्रकारद्वय उप्रेती र विवशलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

पुरस्कारको राशी जनही नगद १०÷१० हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । मुल माइन्युट प्रमाणितसभाका प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई, संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले नगदसहित सम्मान पत्र प्रदान गर्दै खादा पहिर्याएर सम्मान गरिएको थियो ।

यसैगरी, कार्यक्रममा नगद २ लाख रुपैयाँको स्वेच्छिक अवकास सम्मान कर्मचारी दुर्गा पौडेललाई प्रदान गरियो । उत्कृष्ट सेवाकेन्द्र प्रमुखहरुमा झापा जिल्ला कार्यक्षेत्रबाट अञ्जु प्रधान, इलाम जिल्ला कार्यक्षेत्रबाट तीर्थराज सुवेदी र मोरङ्ग जिल्ला कार्यक्षेत्रबाट मोहन घिमिरेलाई नगद २० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

उत्कृष्ट बचतकर्ता सम्मान शनिश्चरे रोड सेवाकेन्द्रका मित्र घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button