मूल खबर

१ फागुनमा बिदा दिने प्रस्ताव पारित गरेर देखाउन सरकारलाई एमालेको चुनौती

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई चुनौती दिएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए।

माओवादी सशस्त्र युद्ध सुरु भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिन आग्रह गर्दै उनले यदी बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउँदै पारित गरेर देखाउन चुनौतीसमेत दिएका हुन् ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button