खबर

नेपालमा पहिलोपल्ट एसियन बैंकिङ सम्मेलन हुँदै

काठमाडौं : नेपालमा पहिलोपल्ट एसियन बैंकिङ कन्फेरेन्स आयोजना हुने भएको छ। एसियन बैंकर्स एसोसिएसनको आयोजनामा कात्तिक २३ र २४ गते सम्मेलन आयोजना हुन लागेको नेपाल बैंकर्स संघले बताएको छ।

संघको आग्रहमा पहिलो पटक नेपालमा ‘रोडम्याप, रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ थिममा कन्फरेन्स आयोजना हुन लागेको हो। सम्मेलनमा २५ देशका करिब ७० प्रमुख कार्यकारी अधिकृतहरू आउने निश्चित भएको बताइएको छ।

संघका अनुसार सम्मेलनले विश्वव्यापी परिस्थितिबाट समाधान खोज्ने र दिगो विकास लक्ष्य हासिल कसरी सम्भव भनेर बहस हुनेछ। साथै एक सय वर्षपछि आएको महामारी, युद्धलगायतले निम्त्याएको परिस्थितिबाट कसरी सहज वातावरण बनाउने भन्नेबारे छलफल हुनेछ।अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button