खबर

राष्ट्रपति पाैडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेल आज भूकम्प प्रभावित क्षेत्र जाँदै हुनुहुन्छ ।

गत शुक्रबार जाजरकाेट केन्द्र बिन्दू बनाएर गएकाे शक्तिशाली भूकम्पमा परी मृतकका परिवार तथा घाइतेहरूकाे उपचार र राहतकाे अवस्थाबारे बुझ्न उहाँ भूकम्प प्रभावित क्षेत्र जान लाग्नुभएकाे हाे ।

भाेलि बुधबारदेखि यूराेपकाे दश दिने भ्रमणमा जान लाग्नुभएका राष्ट्रपति पाैडेल देशमा गएकाे भूकम्प र त्यसपछिकाे असहजताका कारणा भ्रमण स्थगित गरिसक्नुभएकाे छ ।

कात्तिक २२ गते फ्रान्स जान लाग्नुभएका राष्ट्रपति पौडेल त्यहीँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुने राष्ट्रपति पौडेलको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले समेत स्वीकृति दिइसकेको थियो ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button