मूल खबर

मन्त्रीका अङ्गरक्षक मृत फेला

राममणि दाहाल

हेटौँडा । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षकसमेत रहेको अन्दाजी ४५ वर्षीय सुवेदी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार बिहान ६ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका ११ स्थित वनदेवी मन्दिर नजिकै सालको रुखमा सुवेदी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौना घर भई धादिङ जिल्लाको इलाका प्रहरी कार्यालय, खानीखोलाका दरबन्दी रहेका सुवेदी मन्त्री दुलालको अङ्गरक्षक रहनुभएको थियो ।

सोमबार साँझ सुवेदी आफ्नो नियमित जिम्मेवारी पूरा गरी गएकोमा मङ्गलबार मृत अवस्थामा भेटिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button