
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको हो।
पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका सङ्गठन विभाग प्रमुख एवं पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो।
सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘सोमबारको सचिवालयको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेश भयो। प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ त्यसैले बैठक मंगलबार पनि जारी रहन्छ।’आजकाे बैठकमा संशाेधन प्रस्तावबारे नेताहरूले विचार राख्ने श्रेष्ठकाे भनाइ छ ।जनता समाचार



