
कविता
उसले भन्यो तिम्रो नगरमा के छ त्यस्तो जो मेरो नगरमा छैन ?
मैले भनेँ— जो तिम्रो नगरमा छैन त्यो मेरो नगरमा छ ।
उसको नगरको चिनारी उसले दियो
मैले मेरो नगरको बिमार बताएँ
उसले उसको नगर सञ्चै भएको बतायो
उसले रोगको बारेमा सोध्यो
मैले बिमारीलाई नै पत्तो नभएको सुनाएँ
उसले छक्क पर्दै सोध्यो— रोगको पत्तो छैन ? अनि कसरी भो बिमारी ?
मैले भनेँ—रोगनै छानबिन भएको छैन ।
उसले भन्यो —डाक्टर देखाउनु पर्ला नि त !
मैले संझाए— ओखतीको उपचार होइन ।
उसले भन्यो— रोग चै केहो त यार ?
मैले भनेँ— रोगीनै बोल्दैन , अहिले सम्म केहो केहो !
उसले भन्यो—क्रोनिक हो कि? स्टोन हो कि? नदी नालको सिमेभुमे हो कि ?
मैले भनेँ— सबैको फ्युजन भित्रको कन्फ्युजन डिजिज जस्तो छ
उसले अनि स्विकार ग¥यो भन्यो— जो तिम्रो नगरमा छ त्यो कुनै नगरमै छैन !


