

१७ बर्ष पछि तिमीलाई ,
सपनिमा देखें।
तिम्रा नाउँमा दुई हरफ,
यो कविता लेखें।
जन्म तिम्रो १९७९ साल,
थियो पुष महिना।
२७ गते भावी आई ,
लेखि दिए बैना।।
नाम तिम्रो पृथ्वी नारायण,
थर पर्यो शाहा।
जन्म तिम्रो गोर्खा जिल्ला
कति सुन्दर आहा।
बाबु तिम्रा नरभुपाल,
आमा कौसल्यावती।
नेपाल यकिकरण गरि,
राख्यौ सबै जाति।।
बाईसौ चौबिसे राज्य तिमीले,
एकिकरण गरि।
ईतिहासमा नाम राखि,
बाच्यौ सधै भरि।
तिन करोड नेपाली का,
बसि रहेछौ मनमा।
एकपटक लिनु तिमिले,
नेपाल मै जन्म।।
समाप्त
काकडभिट्टा झापा


