सृजनाको चौतारी

त्यही सिएर बस्छु

फाटेको मन छ उनको, त्यही सिएर बस्छु
हो वाध्यता यो अर्कै, नशा पिएर बस्छु ।
सक्छौ भने यो छाती चिरेर हेर्न सक्छौ
तिम्रो त्यो क्रुर प्रतिघात मनमा लिएर बस्छु ।
बरु मृत्यु रोजिदिन्छु माग्दिन भिख दयाको
टिप्नु ती जुन र तारा आशिष दिएर बस्छु ।
सुख्खा बगर भो आँखा रित्तिएको छ आँशु
ऊ नदी भएर बग्छ, म किनार भएर बस्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button