मूल खबर

सक्खर र जुजुधौको आधिकारिकता लिँदै सरकार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रव्रिmया सुरु गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले त्यो प्रव्रिmया सुरु गरिसकेको छ ।

सुन्तलाबारे अध्ययन गरी त्यसको प्रमाणसहितको प्रस्ताव कृषि मन्त्रालयमा पठाइसकेको छ । कृषि मन्त्रालयले त्यसलाई अध्ययन गरी राष्ट्रिय फल घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ । यता जुजुधौ र सक्खरमा एकाधिकारका लागि पनि भौगोलिक सङ्केत लिनका लागि प्रव्रिmया सुरु भएको जिन बैङ्कका अधिकारी आरपी मैनालीले बताउनुभयो । जुजुधौ र सक्खर नेपालीको आधिकारिक खाद्यवस्तु हो, त्यसको भौगोलिक सङ्केत (जिआई ट्याग) लिई हाल्नुपर्ने भनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा प्रस्ताव गरिसकेको बताउँदै उहाँले नार्कमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि बजेट पनि दिइसकेको बताउनुभयो ।

यसको अध्ययनका लागि छिट्टै नै विज्ञ समूह तयार गर्ने बताउँदै उहाँले छिटो गरिएन भने अरूले देशले यसको आधिकारिता लैजाने सम्भावना रहेको बताउनुभयो । गुन्द्रुक नेपालको आधिकारिक हो, यसका आफ्नै इतिहास छ भन्दै अध्ययन गरी भौगोलिक सङ्केतका लागि प्रयास गरिरहँदा अमेरिकाले लिइसकेकोे जिन बैङ्कले जनाएको छ । त्यस्तै बासमती धानको नेपालको हो, यसको इतिहास हेर्ने हो भने उत्पत्ति नै नेपालबाट भएको हो । नेपालमा यसको इतिहास २५ सय वर्ष पुरानो रहेको छ तर त्यसमा नेपालको पहल नपुगेका कारण भारतले यसको आधिकारिकता लगेको अधिकारी मैनालीले बताउनुभयो ।

भौगोलिक सङ्केत लिनका लागि नेपालमा निश्चित नीति छैन । यसको प्रव्रिmया पूरा गर्दागर्दै अरू देशले लिएर जाने गरेको जिन बैङ्कको गुनासो छ । नेपालमा धेरै यस्ता वस्तु छन् जसमा नेपालको एकाधिकार तर सरकारले त्यसमा चासो नदिएका कारण गुम्ने खतरा रहेको नार्कका अधिकारीहरू बताउँछन् । जुम्ली थाली, गुज्मुजे रायो, पोखरेली बदाम, जुम्ली मार्सी, फर्पिङ नासपाती, तोम्बा, जुम्ली सिमी, अकबरे खुर्सानी, कुभिन्डे फर्सी, मनकामना सुन्तला, इलामको चिया, गाँजा, मुढे आलुलगायतको पनि भौगोलिक सङ्केत लिइहाल्नु नार्कका अधिकारीहरूले सुझाव दिएका छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button