कृषि र किसान

‘भारतबाट आउने ८० प्रतिशत बीउ सूचिकृत छैन’

विषादी र बीउ व्यवसायीको भेला तथा अधिवेशनमा सहभागीहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु । भारतबाट नेपाल आउने ८० प्रतिशत बीउ नेपालमा सूचिकृत नभएको पाइएको छ । विषादी व्यवसायी संघ कपिलवस्तुको प्रथम भेला र नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समितिको प्रथम अधिवेशनमा बोल्ने वक्ताले सो कुरा बताउनुभएको हो ।

बीउ व्यवसायी संघका केन्द्रीय सदस्य करुणा काफ्लेले नेपालमा खपत हुने बीउको २० प्रतिशत मात्र स्थानीय उत्पादन भएको बताउनुभयो । “कृषकले अत्यधिक माग भएका बीउ नेपालमा सूचिकृत छैनन् । त्यस्ता बीउ केही भन्सार भएर र धेरैजसो अवैध चोरी निकासी भएर आउने गर्छन्” वक्ताको भनाइ छ ।

नेपालमा प्रयोग हुने विदेसी बीउको ८० प्रतिशत अवैध तरिकाले आउने हुँदा व्यवसायीहरु समस्यामा पर्नेगरेको काफ्लेले बताउनुभयो । बुद्धभूमि –२ बडहरामा शनिवार भएको कार्यक्रममा बोल्दै विषादी व्यवसायी संघका केन्द्रीय सदस्य भानुभक्त पौडेलले खुला रुपले विषादी बिक्री हुँदा नियमन गर्न गाह्रो भएको बताउनुभयो ।

कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष लालबहादुर थापा, नेपाल बीउ व्यवसायी संघका प्रदेश अध्यक्ष रामप्रसाद भट्टराई, प्रदेश सचिव धनबहादुर खड्का, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द भट्टराई, बुद्धभुमि कृषि शाखा प्रमुख देविराम बेल्बासे, जियो कृषिका लुम्बिनी प्रदेश प्रमुख विनोद बिक लगायतले बोल्नुभएको थियो । कार्यक्रम झविन्द्र बेल्बासेको अध्यक्षतामा भएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button