खबर

निर्वाचनमा धादँली भएको इमरान खानको दाबी, देशभर प्रदर्शन गर्दै

इस्लामबाद। पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआईले आज प्रदर्शन गर्न लागेको हो ।

सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ । पीटीआई नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

‘इमराने खान साहबको निर्देशन अनुसार नतिजा रोकिएका र ढिलाइ भएका क्षेत्रहरू हामी तपाइँसँग त्यो सूची साझा गर्नेछौं र जानाजानी हाम्रो बहुमतलाई हारमा परिणत गर्न कोशिश गरिदैँछ, त्यसैले दबाब दिन जरूरी छ’ उनले भने, ‘नतिजा घोषणा नभएका निर्वाचन क्षेत्रमा सम्बन्धित आरओ कार्यालयबाहिर आन्दोलन गर्ने छौँ ।”

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्ने निर्वाचन आयोगलाई दबाब दिएको थियो ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button