खबर

नेपाल स्काउट : कोशी र वागमतीमा मतदान, बाँकी प्रदेशमा सर्वसम्मत

काठमाडाैं । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको छ । शनिबार काठमाडौंमा कोशी र वागमती प्रदेशको लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको हो ।

अन्य प्रदेशमा भने सर्वसम्मत रुपमा चयन भएको छ । निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताउनुभयो । उहाँले ४÷४ वर्षमा हुनुपर्ने निर्वाचन भएपनि विविध कारणले लामो समयसम्म हुन नसकेको बताउनुभयो । उहाँले वागमती र कोशी प्रदेशबाहेक अरु ५ वटा प्रदेशमा सर्वसम्मत भएको निर्वाचित भएको बताउनु भयो । वागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको बताउनुभयो ।

उहाँले ९ वटा पदको निर्वाचनका लागि वागमती प्रदेशमा १५ सय बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेको बताउनुभयो । निर्वाचनले नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य ५६ जनामध्ये १६ जना वागमती र कोशी प्रदेशबाट निर्वाचित हुने बताउनुभयो । प्रदेश परिषद्हरुमा वागमती र कोशी प्रदेशमा २६÷२६ जना निर्वाचित हुनुपर्ने पनि बताउनुभयो ।

निर्वाचन समितिका सदस्यसचिव समेत रहनुभएका उहाँले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिाषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताउनुभयो ।उहाँले निर्वाचन निर्वाध रुपमा शान्तिपूर्ण ढंगबाट सञ्चालन भइरहेको बताउनुभयो ।जनता समाचार

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button