खबर

एमाले सचिवालय बैठक अपरान्ह ३ बजे बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टीले जनाएकाे छ। बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामकारबाहीबारे पनि समीक्षा हुनेछ ।

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारीसमेत गरेको छ ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button