खबर

ललिता निवास जग्गा हिनामिना प्रकरण : आज फैसला सुनाउने विशेष अदालतकाे तयारी

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार तयार भई नसकेकाले आज सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button