मूल खबर

तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। तीनैजना खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।

त्यस्तै अख्तियारले अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।

आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको अख्तियारले जनाएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button