
देबीदत्त शर्मा
आकाश देखें थें
सायद आकाशसोचकै तन्द्रामा थिएं।
गेटपाले एक मुस्टन्डे थियो
छिर्ने परिचय माग्यो
दिएं।
शुल्क त मागेन
फर्केर नआउने सर्त राख्यो
आउँदिन भन्दिएं।
तर
भित्र भद्रगोल-भद्रगोल,
हानाहान- हानाहान देखें
तुरुन्तै फर्किएं।
गेटपालेलाई भनें-
मेरो परिचय रेकर्डमा नराख
म यो भद्रगोल हेर्न आएको होइन।
मरिगए निस्कन दिएन।


