खबरहेड लाइन

काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने महामन्त्री शर्माको स्पष्टोक्ति

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनु भयो ।

उहाँले काँग्रेस अहिलेको सरकार भत्काउन धार्नी पु¥याउनेतर्फ नलाग्ने बताउनु भयो । उहाँले काँग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताउनु भयो । उहाँले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले काँग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा काँग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सभापतिज्युलाई भनेका छौँ । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भनने अभियोग छ, मैले प्रश्तुत गरेको प्रतिवेदनमा पनि काँग्रेसका कतिपय काँग्रेसबाट मन्त्री बनेकाहरुको भुमिका प्रभावकारी छ र कतिपयको छैन नै भनेको थिएँ । तर कुन मन्त्रीको के भुमिका चित्त बुझ्दो भयो, कुन मन्त्रीलाई बिदाई गर्न जरुरी छ, कुन मन्त्रीलाई राख्ने भन्नेकुरामा एउटा मन्त्रीले शपथग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ? काँग्रेसको कुन मन्त्रीजीको एक वर्ष पुगेको थियो । काँग्रेसको एक वर्ष पुगेको थिएन । प्रधानमन्त्रीको त एक वर्ष पुगिसकेको अवस्था थियो । हामी के चाहिरहेका थियौँ भने कम्तीमा मन्त्रीहरुको पनि समीक्षा गरेर एउटा निश्चित समयमा विकल्प गर्न सकिन्छ भनेको थियौँ । EmountainTv

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button