हेड लाइन

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर ।

मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरेका छन्। मोरङको बेलबारी नगरपालिका वडा नम्बर-१ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको धारिलो हतियार प्रहार गरी गए राति हत्या गरेका हुन्।

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गरेपछि उनले त्यही हतियारले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन्।

घाँटीमा गहिरो चोट लागेको अवस्थामा गम्भीर घाइते भटिएका बम बहादुरको उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा मृत्यु भएको हो।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button