विचार

एकीकृत समाजवादीको महाधिवेशन कर्मकाण्डी हुनु हुँदैन: वीपी भट्टराई

वर्तमान शीर्ष नेतृत्वहरूले हिजो कम्युनिष्टहरूले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ र बन्दुकको नालबाट मात्र होइन ब्यालेटबाट पनि जनताको मन जित्न सक्नुपर्छ भनेर भन्यो । जसले गर्दा विश्वब्यापी रूपमा कम्युनिष्टहरूको सत्ता ढलिरहेका बेला नेपालमा कम्युनिष्ट आन्दोलन बलियो बन्नमा मद्दत गर्यो ।

ईतिहास तपाईं हाम्रोबीचमा छ । त्यस्तो अनुभबी नेतृत्वले नयाँ शिराबाट कम्युनिष्ट पार्टीलाई अगाडि लिएर जानूपर्छ भनेर स्थापन गरेको नयाँ पार्टीको महाधिवेशन नजीक छौं । यदी कुनै उथलपुथल भएन भने हाम्रो पार्टीको महाधिवेशन यही आगामी असार १६-२० मा सम्पन हुने कार्यतालिका सार्र्वजनिक भएको छ । महाधिवेशन हाम्रो सर्वोच्च निकाय भएकाले केही आशा र अपेक्षाहरू हुनु स्वभाबिक नै मानिन्छ । तर, यही माहाधिवेशनसँग केही प्रश्नहरु पनि छन् ।

धेरैलाई महाधिवेशन यस्तो हुनुपर्छ भनेर हेर्न, बुझ्न र सिकाउन सक्ने बनाउनु छ । खासगरी केही गल्ती भेटेपछि त्यसलाई पक्रेर खिसीटीयुरी गर्न पर्खेर बसेकाहरूलाई पनि लागोस कि हो ? कम्युनिस्ट पार्टीको महाधिवेशन यस्तो हुनु पर्छ । महाधिवेशनले बाहिरीरूपमा कति प्रभाव पार्न या छोड्न सक्छ । त्यो पनि एउटा महत्त्वपूर्ण पाटो हो । तर, मुलत देशकै कम्युनिस्ट आन्दोलनको भविष्य यो महाधिवेशनले निर्धारण गर्दैछ भनेर हामीले भनी रहँदा यसले के गर्छ ? भन्ने प्रश्न आउनु पनि अस्वभाबिक छैन । हामी हाम्रो अधिवेशन कर्मकाण्ड पूरा गर्नका लागि गरिए जस्तो बनाउने छैनौं ।

हाम्रो पार्टीका हरेक तहका अधिवेशनहरू कर्मकाण्डी हुने छैन । त्यहाँ बहस र छलफलले प्राथमिकता पाउने छ भन्नूपर्ने हुन्छ । महाधिवेशनबाट हाम्रो कार्यक्रम के तय हुन्छ ? जबजलाई के भन्छौ ? हामीले भनिरहेको वैज्ञानिक समाजवाद होम डेलिभरी हुन्छ या कुन बाटो भएर आउँछ ? के हो वैज्ञानिक समाजवाद ? यसको चरित्र कस्तो हुन्छ ? समाजवादमा पुग्नका लागि आन्दोलनको स्वरुप कस्तो हुन्छ ? समाजवादमा पुग्न हाम्रा हरेक कमिटीहरूको भूमिका कस्तो हुनपर्छ ? यी विषयहरूमा बुझ्ने भाषामा हामीले तल्लो तहासम्म पुर्याउनु मधिवेशनले सक्छ कि सक्दैन ? स्वास्थ, शिक्षा, कृषि कस्तो हुनुपर्छ भन्ने विषयमा घनिभूत छ्लफल हुन्छ कि हुन्न ? कतै हामी पनि नीति कार्यक्रमभन्दा नेता नेतृत्वमा बढी केन्द्रित भएर सौराहा काण्ड जस्तै त हुने होइन ? भन्ने ठूलो चिन्ता कार्यकतामा देखिन्छ । कार्यकर्ताको त्यो त्रासलाई कसरी सम्बोधन गर्छ ? यदी सम्बोधन हुन सकेन भने कर्याकर्तामा निरासा छाउने छ । जसले पार्टी निमार्णमा बाधा पुर्याउँछ । त्यसतर्फ नेतृत्वले सचेततापूर्ण व्यवहार देखाउछ देखाउदै न ? हामीलाई एउटा गम्भीर आरोप छ । यिनीहरूको ओली हुने उत्कट चाहाना पूरा नभएर ओलीसँग विद्रोह गरेका हुन्न भन्ने कुरालाई यो महाधिवेशन चिर्न सफल हुन्छ कि हुदैन ? विद्रोहको औचित्य हाम्रा बैठकहरूले प्रष्ट पारेका भए पनि जनताको तहामा अझैं पुग्न सकेको छैन । खाली पदका लागि हो भन्ने गोयबल्स शैलीमा गरिएको प्रचार प्रचारलाई चिरेर विचार, चिन्तन, व्यवहार, चरित्र, पद्वती, लोकतन्त्र, संविधान र तानशाहा प्रवृत्ति हावी हुनु जस्ता विषय हुन् भन्ने कुरा लान सक्नुपछ । हामी असल कम्युनिस्ट हौं भनेर होइन व्यवहारबाट पुष्टि गर्न सकियो भने मात्र कम्युनिस्ट अन्दोलनको नेतृत्व गर्न हामीले सक्छौं । तर, त्यही पुरानो शैली र व्यवहारबाट सम्भव छैन । अहिलेसम्मको हाम्रो व्यवहार र शैलीले समाजवामा पुग्न सहयोग पुर्याउँदैन ।
त्यसैले आगामी महाधिवेशनमा निम्न कुरा अनिवार्य रूपमा गर्नुपर्छः

१) हाम्रो सबै तहका कमिटीहरूमा त्यहाँको स्वास्थ, शिक्षा र कृषि कस्तो हुने भन्ने विषयमा छलफल गरि निर्णय त्यहाँको सरकारलाई त्यो कार्यान्वयन गर्न दबाब दिने ।

२) हाम्रा बैठकहरू फगत बैठकका लागि बैठक होइन, मेसिन जस्तो आउने हस्ताक्षर गर्ने ताली बजाउने होइन, विचारहरूको विमर्श हुन्छ । माओको सयौ विचारहरूलाई फक्रन र फुल्न देउ भन्ने विषयमा हामी प्रतिवद्ध छौं । विचार राखेका भरमा गलत व्यवहार हुने छैन । निशेध गरिने छैन ।

३) हाम्रा स्थानिय कमिटी, वाड कमिटी र पारम्भिक कमिटीहरु उत्पादन युनिट्का रुपमा कार्य गर्ने छन् ।

४) हाम्रा नेताहरू स्वेच्छाचारी हुने छैन । परिवारवादबाट मुक्त हुनेछ्न र भ्रष्टाचारी हाम्रो पार्टीको नेता र कार्यकर्ता हुन सक्ने छैनन् ।

५) सैविधानले वञ्चित गरेका विषय जस्तैः घरेलु हिंसा, छुवाछूत जस्ता विषयमा संग्लन मानिस हाम्रो पार्टीको सदस्य हुन सक्दैन । लिएको भए कारबाही गरिने छ ।

६) हाम्रो पार्टीमा धेरै पुराना नेताहरू हुनुहुन्छ । जो कम्युनिष्ट आन्दोलनको पर्यवाची नै भन्दा हुन्छ । उहाहरूको बुझाइमा सबै हिड्न मिल्ेने राजमार्ग बनाउने लक्ष्य हो भनेको एक्लै हिड्ने गोरेटो जस्तो गरे नेताहरूले भन्ने छ । यस्लाई सम्बोधन गर्नुपर्छ ।

७) दिनैपिच्छे विमानस्थलमा आँखाभरी आँसु बोकी देश छोडीरहेको युवा पंक्तिलाई राजनीतिप्रती आशा जगाउने गरि हामीले यही महाधिवेशनले दिशा निर्देश गर्नुपर्छ ।

८) राजनितीमा यत्रो साल लगानी गरेको हुनाले वाहालाइ सिफारिस गरियो भन्ने होइन । त्यसरी गरेको हाम्रो सिफारिसले गर्दा रिजल्ट आइरहेको छैन । सबै मानिस सबै ठाउँमा योग्य हुन सक्दैन हाम्रो सिफारिसमा थोरै वर्गीयता र धेरै त्यस विषयप्रतिको क्षमतालाई प्राथमिकतामा राखी समाजलाई म्यासेज दिने गरिगर्ने हुनु पर्दछ ।

९) कम्युनिस्ट भनेको एक हिसाबले चरित्र पनि हो । हाम्रो चरित्र कम्युनिष्टको जस्तो बनाउछांै भन्न सक्नु पर्दछ ।
१०) राजनीति ब्यापार वा व्यवसाय होइन, सेवा हो भन्ने पुष्टि गर्नु पर्दछ । यी विषयहरूमा सम्बोधन गर्दै नपाली जनताको आशा लाग्दो र भरोसा योग्य पार्टी बन्नेछ भन्ने पूर्ण विश्वासका साथ नयाँ वर्ष २०८१ को शुभकामना ।

(लेखक नेपाल एकीकृत समाजवादी, झापा सचिव हुनुहुन्छ ।)kalamnews

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button