
काठमाडौ । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुलबसमा भएको आगजनी जिम्मेवारी अखिल क्रान्तिकारीले लिएको छ ।
प्राप्त जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुक बसमा भएको आगजनी आफ्नो संगठनले कार्बाहीका रुपमा गरेको नेकपा(माओवादी)निकट सो बिद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै जिम्मेवारी लिएको हो ।
घटनाको जिम्मेवारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिती चितवनले लिएको छ ।
आइतबार संगठनका जिल्ला संयोजक सुमनाले एक प्रेस वक्तव्य जारी गरेर घटनाको जिम्मेवारी लिएकी हुन् । संयोजक सुमनाद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा विद्यार्थीहरूको निःशुल्क शिक्षा, अनिवार्य र वैज्ञानिक शिक्षाका लागि उच्च तहसम्मको सम्पूर्ण सङ्गायमा निःशुल्क शिक्षाको ग्यारेण्टी गर्न संगठनले सङ्घर्ष गरिरहेको उल्लेख छ ।
स्मल हेभेन स्कुलले चर्को शुल्क असुल्ने, अभिभावकहरूलाई शोषण गर्दै आएको हुँदा पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरेको हुँदा अखिल (क्रान्तिकारी) चितवनद्वारा स्मल हेभेन स्कुलको बसमाथि चेतावनी पुर्वक कारर्बाही गरेको क्रान्तिकारीले जनाएको छ ।
यस्तो छ वक्तव्य




