
काठमाडौ । कपिल वस्तु स्थित लाईट अफ दि लाईभ बोर्डीङ्ग स्कूलको बसमा गरिएको कारर्बाहीको जिम्मेवारी नेकपा (माओवादी)निकट अखिल क्रान्तिकारीले लिएको छ । शैक्षिक विकृत र विसंगति बिरुद्धको अभियानका क्रममा सो कलेजको बसमाथि चेतावनी स्वरुप कारर्बाही गरिएको सो संगठनले विज्ञप्ति मार्फत जनाएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन(क्रान्तिकारी)जिल्ला समितिकपिलवस्तुका संयोजक प्रकाशका नाममा जारी विज्ञप्तिका अनुसार स्कुलले मापदण्ड पुरा नगरेको, चर्को शुल्क असुलेको र आफ्नो संगठनसँग गरेको सहमति कार्यान्वयन नगरेको आरोप समेत सो संगठनले लगाएको छ ।

केही दिन यता नेकपा(माओवादी)निकटको यो विध्यार्थी संगठनले बिध्यालय र कलेजले केही स्कुल र कलेजमा चर्को शुल्क असुलेको, मापदण्ड अनुसार शैक्षिक गतिविधि संचालन नगरेको र शिक्षालाई ब्यापारिकरण गरेको आरोप लगाउँदै कारबार्ही गर्दै आएको छ ।



