मूल खबरहेड लाइन

निन्दा खोलामा डुबेर शिक्षक भण्डारीकोमृत्यु

सांकेतिक तस्विर

मेचीनगर । झापाको मेचीनगर स्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा आज (मंगलबार) पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएकोे छ ।

मेचीनगर नगपालिका वडा नं ३ स्थित बडाखाल निवासी शिक्षक भण्डारी पौडी खेल्ने क्रममा डुबी बेहोश भएका थिए । उपचारका लागि उनलाई विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा शिक्षक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button