खबरहेड लाइन

मेचीनगर नगरपालिकाको कार्यशैलीप्रति आपत्ति जनाउँदै काँग्रेस क्षेत्रीय सभापति बुढाथोकीले जारी गरे विज्ञप्ति

मेचीनगर । मेचीनगर नगरपालिकाको कामकारबाहीप्रति नेपाली काँग्रेस क्षेत्रीय समितिले आपत्ति जनाएको छ । नेपाली काँग्रेस झापा क्षेत्र नं १का सभापति ईन्द्रबहादुर बुढाथोकीले विज्ञप्तिमार्फत नगरपालिकाको गैर जिम्मेवार कार्यशैलीका कारण नागरिकले सास्ती खेप्नु पर्दै आएको बताएकाछन् । विज्ञप्तिमा नगरपालिकाको गंभीर लापरबाहीका कारण नदी गैर जिम्मेवारीपूवर्क भईरहेको नदी उत्खनन्कै कारणले शिक्षक धनराज भण्डारीको निधन भएको जनाईएको छ ।सभापति बुढाथोकीद्धारा जारी विज्ञप्तिमा अवैद्य उत्खनन्का विषयमा छानबिन गरि दोषी उपर कारबाही गर्न माग समेत गरिएको छ । निन्दा नदीमा डुबेर निधन भएका शिक्षक धनराज भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button