
झापाको मेचीनगर नगरपालिका वडा नं ८ आफैमा एउटा ईन्द्रेणी जस्तो वडा रहेको छ । विविधता भित्रको एकताको शुत्रमा सद्भावमय साझा थलो हो वडा नं ८ भन्दा फरक पर्दैन । वडावासीको असिम सामूहिक स्नेह र बन्धुत्वको माला जस्तै रहेको छ यो वडा । यस वडाको पूर्वमा वडा नं ६ रहको छ भने पश्चिम वडा सिमानामा वडा नं ७,दक्षिणमा पनि वडा नं ७ नै रहेको छ भने उत्तरमा वडा नं ३ सिमना वडाका रुपमा रहेकाछन् ।
प्राप्त पछिल्लो तथ्याङ्क अनुसार यो वडाको जनसंख्या करिब नौ हजार ६सय त्रिपन्न रहेकोछ भने परिवार संख्या २०५४ र अठारसय ५७ घरधुरी रहेको छ ।बसोबासका हिसाबले यस वडामा क्षेत्री,बाम्हण,आदिवासी,जनजाति,सिमान्तकृत, लोपून्मूख र अतिसिमान्तकृतको मिश्रित बसोबास पाईन्छ ।विविधता भित्रको सद्भावमय साझा बसोबासनै वडा नं ८को परिचय पनि हो । यो वडाका वडाबासीको मुख्य पेशा कृषि रहेकोछभने ब्यापार ब्यवसायका साथै बैदेशिक रोजगारलाई पनि आर्थीक स्रोतका रुपमा लिन सकिन्छ ।यस वडामा चार ओटा वित्तिय संस्था रहेकाछन् भने सामुदायिक विद्यालय ३ ओटा र निजिस्तरका विद्यालय पनि ३ ओटा रहेकाछन् । एक सरकारी स्वास्थ्य चौकी वडामा रहेको छ भने एउटा निजि फार्मेशी पनि रहेको छ ।वडा भित्र ४० ओटा टोलबिकास संस्था अहिले कृयाशिल रहेको देखिन्छ ।चार ओटा वित्तिय कारोबार गर्ने संस्था रहेको छभने उदेग ब्यवशायका रुपमा यसै वडामा टोकला चिया बगान, होटल मेची क्राउन र केही क्रसर उदोग पनि संचालनमा रहेकाछन भने बजारको हकमा ईटाभट्टा चौक उत्तरतर्फ क्रमश बजार विस्तार हुदै गएको देखिन्छ ।धार्मीक पर्यटकीय स्थलको रुपमा नेपालकै प्रसिद्ध पाताल गंगा मन्दिर पनि वडा नं ८ मै रहेको छ । यस वडाको अधिकांश क्षेत्रफल ग्रामीण क्षेत्रमा रहेको भए पनि क्रमश सडक विस्तार र खानेपानी विस्तारका योजनाहरुसँगै वडा नं ८ ले वडा विकासका योजनामा कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई पनि प्राथमिकताका सथा अघि बढाएको देखिन्छ ।समग्र वडाको विकासका लागि वडाका जनप्रतिनिधि र कर्मचारीहरुको सामूहिक एकता र वडावासीको साथ अनि सहयोगले सद्भावमय साझा थलोको रुपमा सिगारिएको वडा नं ८ क्रमश विकासको यात्रामा अघि बढिरहेको छ ।(यो भिडियो रिपोर्ट मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय र चौतारी पोष्ट अनलाइन डट कमको संयुक्त सहकार्यमा तयार गरिएको हो ) रिपोर्ट तयार गर्नका लागि सहयोग गर्नु हुने वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ !



